बस दुर्घटनामा पाँचको मृत्यु



राजविराज, ८ मङ्सिर

भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

सो दुर्घटनामा परी तीन दर्जन यात्रु घाइते भएका र घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिँदै उहाँले गम्भीर घाइते आधा दर्जन यात्रुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र अन्य घाइतेको राजविराजस्थित गजेन्द्र नारयाणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोे बताउनुभयो ।

सुनसरीको चतरास्थित बराहक्षेत्रबाट फर्केको करीब ६० यात्रु बोकेको को १ ख २७९९ नम्बरको सो बस इनर्वास्थित सडक छेउको पोखरीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने अझै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News