यसरी हुँदैछ नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन



काठमाडौँ, ८ मङ्सिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ ।

पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको हो ।

केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News