प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवलाई भोजपुरेको सम्मान



काठमाडौं, मंसिर ९
भोजपुरेहरुको एक भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई सम्मान गरेको छ । भण्डारी भर्खरै मात्र प्रमुख स्वकिय सचिवमा नियुक्त भएका थिए ।

निवासी भण्डारी एकीकरणपूर्ब एमालेमा प्रदेश सम्पर्क संगठन कमिटी, प्रदेश नं १ का संयोजकको रुपमा कार्यरत थिए । उनलाई नेकपाका बिभिन्न नेता कार्यकर्ता तथा समाजसेवी र नागरिक समाजका अगुवाहरुले सम्मान गरेका हुन् ।

सम्मानित भएपछि भण्डारीले अब प्रधानमन्त्रीको सचिवालय नयाँ ढाँचाबाट संचालन गर्न शुरु गरिने बताए । भोजपुरे लगायत नेपाली जनताको शिर झुक्ने काम आफ्नो पदिय जिम्मेवारीबाट नहुने बताउँदै भण्डारीले भने समृद्ध नेपाल सुखी नेपालीको अहिलेको सरकारको रोडम्यापलाई भोजपुरेहरुले पनि सकारात्मक भएर परिणाम देखिने गरी अगाडि बढ्न आह्वान गरे।

देशको प्रधानमन्त्री जनता, नेता तथा कार्यकर्ताको नजिक रहने सक्ने वातावरण बनाईदिन उपस्थित सबैले नवनियुक्त प्रमुख स्वकिय सचिवलाई अनुरोध गरेका थिए । भण्डारी ओलीको अघिल्लो प्रधानमन्त्री कालमा पनि प्रमुख स्वकिय सचिव थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News