झापामा बुलेरोको ठक्करबाट एकको मृत्यु



झापा, मंसिर ९

झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित मंगलवारे वजारमा आज साँझ बुलेरोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्युभएको छ । मृत्यु हुनेमा झापा, गौरीगञ्ज गाँउपालिका २ कोरोवारीका ३२ बर्षिय लुखिराम हेमरम रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पाडाजुंगी–गौरीगञ्ज सडक खण्डको मंगलवारे सडक खण्डमा साँझ ७.३० वजे गौरादहतर्फ जादै गरेको मे.१ च.३१७९ नम्बरको बुलेरोले पैदलयात्रीलाई काटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करपछि गंभीर घाईते भएका हेमरमको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताउनुभयो ।

प्रकाशित मिति: ९ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्