मोटरसाइकल चालकको मृत्यु



मोरङ, मंसिर १०

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक पथरीशनिश्चरे–१० बस्ने ६५ वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ५३ वर्षीय भरतमणि आचार्य घाइते भएकाले उहाँको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News