ओनसरी घर्ती पहिलो महिला सभामुख बनिन्


 


काठमाडौं, असोज २९

onsari gharti magarव्यवस्थापिका संसदमा शुक्रबार भएको निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवार बनेकी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।

रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।

उनले एसएलसीसम्म अध्ययन गरेकी छन् । उनले यसअघि संविधानसभा उपसभामुख थिइन् । नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।

यस्तै उपसभामुखमा राप्रपा नेपालका सभासद गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दिएको भएपनि फिर्ता लिएपछि यादव संसदको उपसभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: २९ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्