कांग्रेसले सभामुखमा उम्मेदवारी नदिनुको रहस्य यस्तो छ


 


sushil n shebdrकाठमाडौं, असोज ३०

संसदको ठुलो दल कांग्रेसले राष्ट्रपतिका लागि सहमतीय वातवरण बनाउन सभामुख र उपसभामुखमा क्रमश: एमाओवादीको उम्मेदवार ओनसरी घर्ती र राप्रपा नेपालका गंगाप्रसाद यादवलाई समर्थन गरेको छ । राष्ट्रपति आफूले पाउनुपर्ने दावी कांग्रेसको छ ।

प्रधानमन्त्रीको निर्वाचन लगतै कांग्रेस पदाधिकारीको बुधबारको बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेदवार दिने निर्णय लिएको थियो । तर, राष्ट्रपतिको लागि सहमतीय वातवरण बनाउने रणनीति अन्तर्गत कांग्रेसले अन्तिम समयमा दुवै पदमा उम्मेदवार नदिने निर्णय लिएको हो ।

शुक्रबार विहान बसेको पदाधिकारी बैठकले उम्मेदवार नदिने निर्णय गरेपनि कसलाई भोट हाल्ने भन्नेबारे अपरान्ह सम्म तय गरेको थिएन । नेपाल मजदुर किसान पार्टीले समेत सभामुख र उपसभामुख मनोनयन गरेको थियो । एमाओवादीले सभामुखमा आफ्नो पार्टीका उम्मेदवार घतीलाई समर्थन जनाउन लिखित आग्रह गरेको थियो ।

सभामुख र उपसभामुखलाई सर्वसम्मत बनाउन एमाओवादीको लिखित आग्रह र शिर्ष तहमा भएको लामो छलफल पछि मात्रै कांग्रेसले सभामुखमा घर्ती र उपसभामुखमा यादवको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो । कांग्रेस उम्मेदवारहरु बैठक सुरु हुनु केही समय अघि सम्म मतदान गर्ने कि नगर्ने भन्नेमा अन्यौलमा रहेका थिए ।

प्रकाशित मिति: ३० आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्