टोपबहादुरको नेतृत्वमा को-को जाने भए एमाअाेवादीबाट सरकारमा ?


 


काठमाडौं, असोज ३०

एमाओवादीबाट टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने टुंगो लागेको छ ।  स्थायी समिति सदस्य अग्नी सापकोटाका अनुसार सचिव टोपबहादुर रायामाझीको नेतृत्वमा एमाओवादी वर्तमान सरकारमा सहभागी हुने टुंगो लागेको हो ।

रायमाझीले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै स्रोतका अनुसार अब गृह  मन्त्रालयकाे जिम्मेवारी शक्ति बस्नेत वा अग्नी सापकोटा मध्ये एकले सम्हाल्ने छन् ।

तत्पश्चात दुई मध्ये एककाे भागमा शिक्षा मन्त्रालय पर्नेछ । ‘कुनकुन मन्त्रालय कसले सम्हालने हाे अाज बेलुकासम्ममा अाैपचारिकरुपमा टुंगो लाग्ला,’ सापकोटाले कान्तिपुरसँग भने ।

सुरुमा कृष्णबहादुर महराको नेतृत्वमा एमाओवादी सरकारमा जाने कुरा चले पनि पूर्व लडाकु कमाण्डरहरु धनबहादुर मास्की, कालिबहादुर खाम लगायतले त्यसको विरोध गरेका थिए ।

उनीहरुले हाल संगठनलाई मजबुत बनाउनु पर्ने भएकाले महरा पार्टीमै रहेर काम गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति: ३० आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्