नेपाल एयरलाइन्सको एयरबस ठूलो दुर्घटनाबाट यसरी जोगियो


 


काठमाडौं, असोज ३०

नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ । नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा स्थानीय समयअनुसार साँझ सवा ७ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो ।

तर, उड्ने बेलामा जहाजमा प्वाल परेको थाहा भएको थियो । विमान चालक क्या. विजय लामाका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो ।

जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो । उड्ने तयारी गर्दा क्या. लामाले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए ।

‘यदि जहाज उडेको भए निश्चित उचाई लिंदा जहाजभित्र हावा पस्ने थियो,’ सम्भावित दुर्घटनाबारे उनले भने, ‘जहाजमा हावा पस्नु ठूलो जोखिम हो, त्यस्तो अवस्थामा आकाशमै जहाज पड्कन्छ ।’

प्रकाशित मिति: ३० आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्