पूर्वि पहाडमा व्यापार घट्यो


 


भोजपुर, कार्तिक १
लगातारको तराई बन्द र भारतको नेपालमाथि अघोषित नाकाबन्दीका कारण पूर्वि पहाडमा व्यापार घटेको छ । पूर्वि पहाडका सदरमुकाममा दशैंका बेला अधिक मात्रामा हुने व्यापार घटेको हो ।

किनमेलका लागि दशैंमा भिडभाड हुने सदरमुकाम यतिबेला पुरै सुनसान छन् । तराईबाट सामान नआउँदा पसल रित्ता रित्तै छन् भने ग्राहकको संख्या पनि हवात्तै घटेको छ ।

व्यापार व्यवसायका लागि सबैभन्दा बढी कारोबार हुने समय दशैं हो । अघिल्लो वर्ष दशैंताका बेला एक लाख बढीको दैनिक कारोबार हुन्थ्यो यतिबेला भने चालिस–पचास हजार बराबरको कारोबार हुने गरेको छ, रामगोपाल कपडा पसलका राजिव श्रेष्ठले भने वर्षेनी व्यापार घटिरहेको छ ।

उनको भनाईलाई साथ दिन्छन् भोजपुर—५ का उत्तर श्रेष्ठ । पहिले–पहिलेका दशैंमा पसलमा सामान किन्नेको भिड हुन्थ्यो, तर अहिले पसल रित्तो छ । २०१३ सालदेखी कपडा बेच्न थालेका श्रेष्ठले भने एक पछि अर्काे दशैमा व्यापार घट्दै गएको छ ।

कपडा व्यपारी श्रेष्ठद्धयको भनाईले भोजपुरमा व्यापार घट्दै गएको देखाउँछ । कपडा पसलमा मात्र हैन यतिबेला अन्य व्यापार–व्यवसाय पनि घट्दै गएको छ ।

अघिल्ला वर्षहरुमा रेडिमेट कपडा पसलको कारोबार बढ्ने गथ्र्याे । तर यतिबेला भने ती पसलहरुमा पनि ग्राहकको चहलपहल छैन् । व्यपार क्रमशः घट्दै गईरहेको छ, रेडिमेट कपडा विक्रेता बाबुराम श्रेष्ठले भने यो सिजन भनेको व्यपारका लागि उत्तम हो तर ग्राहक छैनन् ।

किरानापसलको अवस्था पनि त्यस्तै छ । दशैंका बेला बेच्न फुर्सद हुदैनथ्यो अघिल्लो वर्षदेखी कारोबार घट्न थालेको भोजपुर–७ स्थित अनिल किराना पसलका सञ्चालक राजकुमार श्रेष्ठको भनाई छ ।

त्यस्तै छापाखानाहरुले पनि काम नपाएको गुनासो गर्छन् । दयालक्ष्मी छापाखानाकी पार्वती श्रेष्ठ भन्छिन् दशैंमा शुभकामना छपाउने देखी अन्य कामका लागि ग्राहकहरुको भिड लाग्थ्यो अहिले भने ७५ प्रतिशतले व्यपार घटेको छ ।

प्रत्येक कार्यालयमा छपाईका सामाग्री भएपछि ग्राहकहरु छापाखानामा नआएका हुन् । सधै जसो चहलपहल देखिने भोजपुर सदरमुकाम यतिबेला सुनसान छ ।

घटस्थापना देखी विद्यालय, क्यपम्पस बन्द भएका छन् । सदरमुकामको चहलपहलमा सबैभन्दा बढी विद्यार्थी देखिन्छन् । उनीहरु अब तिहारपछि मात्र आउने छन् ।

त्यस्तै घटस्थापना अगाडी देखी नै कर्मचारीहरु घर जान थालेका थिए भने यतिबेला जिल्ला बाहिरका सबै कर्मचारी घर फर्कन थालिसकेका छन् ।

भोजपुर सदरमुकाममा सबैभन्दा बढी विद्यार्थी र कर्मचारी बस्ने गर्छन् । सदरमुकाम घर हुनेहरु दशै मनाउन काठमाडौ, धरान, विराटनगर लगायतका शहर जाने गर्छन् ।

अपवाद बाहेक यहाँका सबै व्यापारी जिल्ला वाहिर नै दशै मनाउने गर्छन् । जस्ले यतिबेला भोजपुर सदरमुकाम विस्तारै सुनसान बन्न थालेको छ ।

सदरमुकाम सुनसान भए पनि गाउँ भने विगत बर्षहरुमा गुल्जार हुन्थे तर यो दशैंमा गाउँ पनि सुनसान बनेका छन् । दशैं मनाउन गाउँ बाहिर, जिल्ला बाहिर साथै देशबाट समेत बाहिर रहेका मानिसहरु एकाध बाहेर यो दशैंमा आउन सकेनन ।

सवारी साधन कम मात्रामा सञ्चालन हुँदा उनिहरु घर आउन नपाएका हुन् । लामो समय सम्मको विछोडलाई मिलन गराउने पर्वको रुपमा समेत दशैंलाई लिन सकिन्छ । तर बन्द, हड्ताल र नाकाबन्दीका कारण यो दशैंमा धेरै परिवारको मिलन हुन पाएको छैन् ।

प्रकाशित मिति: १ कार्तिक २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्