एमाओवादीले मन्त्री छान्यो, को-को भए मन्त्री ?


 


maoist mantriकाठमाडौं, कार्तिक १

एकीकृत नेकपा माओवादीले सात मन्त्रीको नाम टुङ्गो लगाएको छ । नेता शक्ति बस्नेत गृहमन्त्री बन्ने भएका छन् । सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् ।

उमेश यादव सिचाइ मन्त्री बन्ने भएका छन् । गिरिराजमणि पोखरल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् । बाईसीएल अध्यक्ष एवं सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका छन् ।

 

प्रकाशित मिति: १ कार्तिक २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्