चीनबाट आयो खुशीको खबर ! श्रृंखला खतिवडा मिस वल्र्डको टप १२ मा


 


चीन, मंसिर २२

मिस वर्ल्ड २०१८ को शीर्ष १२ मा मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो स्थान सुरक्षित गर्न सफल भएकी छन् ।चीनको सान्यामा अहिले जारी फाइनलमा श्रृंखला शीर्ष १२ भित्र पर्न सफल भएकी हुन् ।

शीर्ष १२ मा विभिन्न ५ महादेशबाट २/ २ तथा अन्य २ गरी कुल १२ प्रतियोगीलाई चयन गरिएको हो । शीर्ष १२ मा एशिया तथा ओशियानाबाट मिस नेपाल श्रृंखलासंगै न्युजिल्याण्ड र थाइल्याण्ड छनौट भएका छन् ।

त्यस्तै,युरोपबाट बेलरुस, फ्रान्स र स्कटल्यान्ड, क्यारेबियनबाट जमाइका र मार्टिनिक, अमेरिकाबाट मेक्सिको र पनामा तथा अफ्रिकाबाट मोरिसस र युगाण्डाले शीर्ष १२ को यात्रा गर्न सफल भएका छन् ।

मिस वर्ल्डमा पहिलोपटक यस वर्ष यी ५ वटै महादेशबाट पनि १ १ जनालाई महादेश सुन्दरी घोषित गरिदैछ । मिस नेपाल श्रृंखला यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा मल्टीमिडया तथा ब्युटी विथ अ पर्पोज दुवै विधा जितेर फास्ट ट्याकबाट शीर्ष ३० मा पर्दै फाइनल प्रवेश गरेकी थिइन् ।

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्