नेपालकी शृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाटै आउट



काठमाडौँ, मंसिर २२

मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।

तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News