को हुन् सिँचाइ मन्त्री ?


 


umesh yadabकाठमाडौं, कार्तिक १

सिँचाइ मन्त्रीको छनोटमा परेका मन्त्री उमेश यादव सप्तरी क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित एमाओवादी सांसद हुन् । ०२७ साल असोज १५ गते सप्तरीको लालापट्टीमा जन्मेका यादवले स्नातकसम्म अध्ययन गरेका छन् ।

सात वर्ष भूमिगत जीवन बिताएका उनी पूर्वशिक्षकसमेत हुन् ।दुई छोराका पिता रहेका उनी ०५४ सालदेखि माओवादी आन्दोलनमा लागेका हुन् ।

संविधानसभामा कुर्सी तोडफोड हुँदा सभाध्यक्ष सुवास नेम्वाङमा आक्रमण गर्न खोजेपछि यादव थप चर्चामा आएका थिए । उनी सप्तरी-३ मा प्रभावकारी युवा नेता मानिन्छन् ।

umesh yadab 1

 

प्रकाशित मिति: १ कार्तिक २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्