मिरा राईलाई गृह जिल्लामा भव्य सम्मान (फोटो फिचर सहित)


 


mira 2ध्रुव सुवेदी

भोजपुर, कार्तिक २

अल्ट्रा दौडको विश्व च्याम्पियन मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएको छ । विश्व च्याम्पियन राईलाई गृह जिल्लाको आफ्नै ठाउँ सानोदुम्मामा आइतबार विशेष समारोहकाबिच सम्मान गरिएको हो ।

सानोदुम्मा गाविस–९ की २५ बर्षिया राईलाई यही ठाउँमा जन्मेर हाल बेलायत बस्दै आएका सानोदुम्माबासीले सम्मानका लागि आर्थिक सहयोग गरेका थिए भने यहाँको स्थानीय सानोदुम्मा माविले कार्यक्रमको व्यवस्थापन गरेको थियो । विश्वमाझ नेपाली झण्डा फहराउँदै देश, जिल्ला र गाउँको नाम उच्च राखेको भन्दै उनलाई नगद एक लाख, पाँच हजार, पाँच सय ५१ रुपैयाँ सहित कदर पत्रले सम्मान गरिएको हो ।

सम्मान किरात राई यायोक्खाका केन्द्रिय सदस्य पाविहाङ राई लगायतले गरेका थिए । यो रकम बेलायतमा रहेको सानोदुङ्मालीहरुले पठाएका हुन् ।

mira 3त्यस्तै किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च (फोरल्याण्ड्स) नेपाल, केन्द्रीय कार्यसमितिले पनि राईलाई सम्मान गरेको छ । समितिको तर्फबाट मञ्चका सल्लाहकार तीर्थकुमार राईले सम्मान पत्र प्रदान गरेका थिए ।

वैदेशिक रोजगारीको क्रममा मलेशियामा रहेका सानोदुङमा–७ का मनोज (मौसम) र मधु राईले सात हजार नगद प्रदान गरेका छन् । बेलायतमा रहेका (ओम नारायण राई, उपेन्द्रमान राई, छत्र राई, कुमार राई, हेमचन्द्र राई, सीता राम राई र समिप राई) सानोदुङमालीहरुको आर्थिक प्रायोजन तथा सानोदुम्मा मा.वि.को आयोजनामा दुङ्माबासीहरुको तर्फबाट हालसम्मको उपलब्धि प्रति बधाइ तथा अगामि दिनहरुको लागि शुभकामना सहित नगद तथा कदर पत्रहरुद्वारा विश्व च्याम्पियन राईलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा मिनि म्याराथन ४२ सय मिटर दुरीको आयोजना गरिएको थियो । सानोदुम्मा मा.वि.देखि मिरा राईको घरसम्म म्याराथन सञ्चालन गरिएको थियो ।

म्याराथनमा सानोदुम्मा, ठूलोदुम्मा र वास्तीमका डेढ दर्जन बढी युवाहरुको सहभागीता थियो । विजेता प्रथम दोश्रो तेश्रो लाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको ।

मिरालाई अल्ट्रा दौडमा प्रेरित गर्ने बालाजु कराते डो प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् वरिष्ठ प्रशिक्षक ध्रुव विक्रम मल्ललाई समेत सम्मान गरिएको छ । मल्ललाई कदर पत्र सहित २५ हजार पाँच सय ५१ रुपैया सहित सम्मान गरिएको आयोजक सानोदुम्मा माविका प्रधानाध्यापक अर्जुन राईले बताए ।

aama babu sanga miraकार्यक्रममा मिरा राईका आमा पम्फारानी राई र बुवा सुकबहादुर राईलाई समेत सम्मान गरिएको छ । सम्मान पश्चात बोल्दै धाविका मिरा राईले भनिन् देशले मलाई के दियो, भन्दा पनि मैले देशको निम्ति के गर्न सके भनेर युवाहरुले सोच्नु पर्ने बेला आएको बताईन् ।

मिराको अल्ट्र दौड यात्रा

केही महिना अघि फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरीको म्याराथन डु मोन्ट ब्लान्स अल्ट्रा दौडको उपाधि जित्दै मिरा विश्व च्याम्पियन बनेकी थिईन् । त्यतिबेला मिराले १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी तय गरेकी थिइन ।

युरोपकै कठिन कोर्स मानिने उक्त दौडमा विश्वका चर्चित धाविकाहरुलाई पछि पार्दै उपाधि उचालेकी मिराले विश्वमाझ नेपालको झण्डा फहराएकी थिईन् । गत असोजमा मात्र स्पेनको पिरेना बागामा सम्पन्न सालोमन प्रिनेउ अल्ट्रा दौडमा मिरा विश्व उपविजेता बनेकी थिईन् ।

miraत्यतिबेला स्विटजरल्याण्डकी ईमिली विजेता बन्दा उनि उपबिजेता बनेकी हुन् । गत माघमा उनीे हङकङको स्काइ रनिङ एसियन च्याम्पियनसिपअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौडमा महिलातर्फ च्याम्पियन बनेकी थिइन् ।

महिला र पुरुष गरी ३ सय ५२ जनाले पूरा गरेको दौडमा उनी समग्रमा भने छैटौं स्थानमा रहेकी थिइन् । त्यो दौड उनले ५ घन्टा ३९ मिनेट ३१ सेकेन्डमा पूरा गरेकी थिइन् ।

एसियन च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाका समिर तामाङ विजयी भएका थिए । मिराका लागि अल्ट्रा दौडको अन्र्तराष्ट्रिय यात्रा गतवर्ष सेप्टेम्बरमा इटालीबाट सुरु भएको थियो ।

mira 4त्यहा ५७ किलोमिटरको अल्ट्रा दौड ६ घन्टा ३० मिनेट ३२ सेकेन्डमा पूरा गरेर उनले पहिलो अन्र्तराष्ट्रिय सहभागितालाई नै अविस्मरणीय बनाइन् । मिराका अनुसार हङकङमा एसियन च्याम्पियनसिपसहित भाग लिएका ४ मध्ये ३ मा उपाधि जितिन् भने ५० किलोमिटर दौडमा दोस्रो भइन् ।

भिसा ढिलो आएका कारण अस्ट्रेलियामा पुगेको भोलीपल्टै दौडमा भाग लिदा पनि उनी तेस्रो भएकी थिइन् । कुनै बेला माओवादी लडाकुबाट अनमिनको प्रमाणीकरणमा अयोग्य ठहराइएकी मिरा यतिबेला देशकै योग्य अल्ट्रा धाविका बनेर विश्वमाझ नेपालको शिर उचो बनाइराखेकी छिन् ।

यो पनि पढ्नुहोस्

नेपाली चेली मिरा बनिन ‘विश्व उपबिजेता’

प्रकाशित मिति: २ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्