उर्लाबारीकी सविना मिस पूर्वाञ्चलको उपाधि दौडमा


 


मोरङको उर्लाबारीकी सविना पोद्दार यतिबेला मिस पूर्वाञ्चलको उपाधि जित्ने लक्ष्यको साथ कडा मेहेनत गरिरहेकी छिन् । उर्लाबारी–४ निवासी १९ बर्षीया सविना मोरङ मोडल कलेज उर्लाबारीमा ब्याचलर दोस्रो वर्षमा अध्ययरत छिन् ।

पौष १४ गते धरानमा आयोजना हुने मिस पूर्वान्चल नवौं संस्करणको लागि फाइनलमा उनीसहित १४ जना युवतीहरु उपाधिका लागि मेहेनत गरिरहेका छन् । सामाजिक सेवामा रुची राख्ने सविना यतिबेला व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याट वाक लगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण लिइरहेकी छिन् ।

मिस पूर्वाञ्चलको उपाधि जित्ने लक्ष्यको साथ मेहेनत गरिरहेको सविनाले बताइन् । मिस उर्लाबारीमा सहभागी भई सौन्दर्य प्रतियोगिताको अनुभव लिइसकेकी सविना सानैदेखि सौन्दर्य प्रतियोगिताप्रति चासो राख्ने गर्थिन् । उनलाई मिस पूर्वाञ्चल बनाउनका लागि Type MP<space>11 & send it to 35005 भोट गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्