अब को बन्दैछ राष्ट्रपति ?


 


rastapati vawanकाठमाडौं, कार्तिक ७

मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न व्यवस्थापिका संसदको बैठक आज  शनिबार ३ बजे  बस्दैछ । आजबसेको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रियालाई सुरु गर्ने भएको छ ।

संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा साझा उम्मेदवार पेस गर्न समय दिने व्यवस्था रहेको छ । आजैको  बैठकले गठन गरेको निर्वाचन समितिले  निर्वाचन कार्यतालिका पेश गर्ने छ  ।

बैठकबाट सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन गर्ने प्राबधान रहेको छ  । प्रमुख तीनदल बीच भएको सहमति तोडिएसंगै दलहरुले साझा उम्मेदार बनाउन सक्ने सम्भावना निकै कम भएका कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने सम्भावना बढी रहेको एमाले नेता युवराज ज्ञवालीले बताएका छन् ।

सहमति हुन नसकेमा सांसद सदस्यहरूले गोप्य मतदानका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिले विजयी बन्नका लागि व्यवस्थापिकामा कायम रहेका  ५ सय ९७ को सदस्य संख्याबाट  २ सय ९९ मत प्राप्त गर्नु पर्ने हुन्छ ।

एमाओवादी र एमालेबीचको सहमतिमा एमाओवादीलाई  सभामुख दिए पछि प्रधानमन्त्रीको निर्वाचनताका देखिएको समिकरण दोहोरियो भने एमालेले राष्ट्रपति लाने सम्भावना रहेको छ । तर एमालेले अहिलेसम्म आफ्नो राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न भने सकेको छैन ।

पार्टी भित्रको आन्तरिक हानथापका कारण एमाललेले नाम सार्वजनिक गर्न नसकेको बताइन्छ । यस्तै कांग्रेसमा पनि अन्योल सिर्जना भएको देखिन्छ । कांग्रेसले अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न सकेको छैन् ।

देउवा पक्षीय र कोइराला पक्षीयको हानथापका कारण कांग्रेसलाई राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न गाह्रो भएको कांग्रेसका एक नेताले बताए ।

प्रकाशित मिति: ७ कार्तिक २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्