नेकपा स्थायी कमिटी बैठक : आज ओलीले जवाफ दिने



काठमाडौँ, पुस १२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । झन्डै दुई हप्तादेखि जारी अध्यक्ष ओलीले जवाफ दिएसँगै आजै सक्ने तयारी भएको छ । बुधबारै दुवै अध्यक्षले सम्बोधन गर्ने भनिए पनि संसद् बैठक भएकाले पार्टी बैठक छोट्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकमा सदस्यहरुले धारणा राख्ने क्रममा विधानको प्रस्तावनाबाट कम्युनिस्ट पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद राखेर साम्यवाद हटाइएको विषय, दोहोरो जिम्मेवारी खारेज, भ्रष्टाचारविरोधी अभियान, पार्टी सञ्चालन पद्धति र सरकार सञ्चालनमा स्वामित्वलगायतका विषयमा प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News