एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिमा उठाउने


 


 

bidya bhandariकाठमाडौं, कार्तिक ९

नेकपा एमालेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको उम्मेदवारको रुपमा पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई अघि सार्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए।

लामो राजनीतिक यात्रा तथा महिलाको प्रतिनिधित्वलाई ध्यानमा राख्दै भण्डारीको नाम अघि सारिएको बैठकमा सहभागी एक नेताले बताए।
यसअघि पूर्व सभामुख सुवाषचन्द्र नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउनुपर्छ भन्ने लाइन पनि पार्टीमा देखिँदै आएको थियो।

प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको छ। सहमतीय उम्मेदवारको रुपमा उसले वर्तमान राष्ट्रपति रामवरण यादबलाई अघि सारेको थियो।

चुनावमा जाने स्थितिमा को उम्मेदवार बनाउने भनेर कांग्रेसले निर्णय गरिसकेको छैन। ११ गते ११ बजे संविधानअनुसार राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि संसदमा गोप्य मतदान हुनेछ।

प्रकाशित मिति: ९ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्