सामाजिक विभेद चिर्दै समाजसेवी दिगम्बर पियाले गरे श्रीमतीको काजक्रिया


 


,भरतपुर । नारायणगढका परिचित समाजसेवी एवम् व्यवसायी दिगम्बर पियाले श्रीमतीकाे मृत्यु पछि अाफैंले काजक्रिया गरेका छन् । श्रीमतीको मृत्यु भएको एक महिना नबित्दै अर्की श्रीमती भित्र्याउने श्रीमानहरू भन्दा फरक भएर श्रीमतीकाे क्रिया गरेका हुन् ।

श्रीमतीको शव देवघाट लगेर आफैँले दागबत्ती दिएकाे पियाले बताए ।उनले श्रीमतीकाे अन्तिम संस्कार र काजक्रिया आफैँले गरेर श्रीमान् श्रीमतीको साथी र सहयोगी हुन् भन्ने चरितार्थ गरेको त्यहाँका एक महिला अधिकारकर्मी बताउँछिन् ।

विगत आठ वर्षदेखि दिगम्बरकी श्रीमती उमा जोशी पिया बिरामी थिइन् । उनको यही पुस १४ गते ५६ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । श्रीमान्ले नै श्रीमतीको दागबत्ती दिएको र श्रीमान्ले श्रीमतीको क्रिया बसेको पहिलाे पटक देखेकाे महिला अधिकारकर्मी बताउँछिन् ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्