पत्याउनुहुन्छ ? काठमाण्डौँमा श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु



काठमाडौँ, पुस २६

कालगतिले श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार बेलुका खाना खाएर सुतेका परिवारमा राति एक्कासी बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा पु¥याएर जाँच गर्दैमा डाक्टरले उनलाई मृत घोषण गरेका थिए । चिकित्सकले अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको बताएका थिए ।

श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी रामगोविन्दकी ७१ वर्षीय श्रीमती सबै प्रकृया पूरा गरेर कोरामा बस्न लागेकी थिइन् । सोही अवस्थामा उनmलाई सास फेर्न गाह्रो भयो । सबै परिवार एकै ठाउँमा भए पनि उनको हेरचाह गर्दै गर्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News