ओली सरकारका दुइ ठूला निर्णय ! घर बनाउन नसक्नेलाई कर्जा दिने


 


काठमाडौं बुधबार क्यानडानेपाल डट टिभी : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार यतिबेला दुइ ठूला कार्यहरु सम्पन्न गर्न लागि परेको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सूरक्षा दिवसका आधारमा संदेश जारि गर्दै प्रधानमन्त्रीले आफ्नो सरकार सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा लागेको बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।’

प्रधानमन्त्रीले अगाडी थप्नुभयो, ‘पैसा नभएर घर निर्माण गर्न नसकेकालाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका लागि सहुलियत कर्जासम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागूसमेत गरिसकिएको छ । ’

प्रधानमन्त्री ओलीले भने, ‘ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप रु ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको छ ।’ अब यो संगै ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाले थप रु ५० हजार अनुदान पाउने सम्भावना बढेर गएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपत्यका र बाहिरका ६ वटा परम्परागत बस्तीलाई मौलिक शैलीमा पुनःनिर्माण गर्न थप रु ५० हजार अनुदान दिने व्यवस्था मिलाइएको तथा काठमाण्डौ उपत्यका र बाहिरका परम्परागत बस्तीका लागि गुरुयोजना तयार गरिएको, तीन तहको सरकार, स्थानीय समुदायको सहभागिता र स्वामित्वमा पुनःनिर्माणका काम भइरहेको कुराहरु प्रधानमन्त्रीको सन्देशमा बताइएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पुगेको क्षति र त्यसको पुनःनिर्माणको अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको कुरा प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

के प्रधानमन्त्रीले बोल्नुभएको जस्तै कार्यान्वयन होला त ? यो भने अब आउने समयले नै देखाउला

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्