संसदीय मूल्य र मान्यता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको काँग्रेसको आरोप



काठमाडौं, माघ ११

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरीत ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित गरेको आरोप लगाएको छ ।

आज प्रतिनिधिसभा बैठकले बहुमतले राष्ट्रिय चिकित्सा विधेयक पारित गरेलगत्तै बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भीर असर गर्ने गरी सरकारले सो विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्सर्ना पनि गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शक्तिको दूरुपयोग गर्दै सरकारले सो विधेयक पारित गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । बैठकले सभामुख कृष्णबहादुर महरा सो विधेयक पारित गराउन सत्ता पक्षका कार्यकर्ताको रूपमा प्रस्तुत भएको आरोप लगाएको छ । कांग्रेसले आगामी दिनमा त्यस्तो नगर्न पनि सचेत गराएको छ ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्