निशान भट्टराईले गाएको ‘भिजिट भिसामा’ ट्रेण्डिङमा (भिडियो सहित)


 


काठमाडौं मह सञ्चारको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामा ट्रेण्डिङमा प्रवेश गरेको छ । यसलाई नेपालबाट सर्वाधिक हेरीएपछी यो ट्रेण्डिङको १२ औ स्थानमा पुगिसकेको छ । यो नम्बर एकमा पुग्नेमा कुनै दुविधा छैन् । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् ।

गीतलाई हरिवंशले नै रचना गरेका हुन् भने यसमा उर्लाबारी घर भएका गायक निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा खिचिएको गीतले फिल्मको गीतलाई कुनै सम्झौतानगरी तयार गरिएको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्