शनिवारको दिन नकिन्नुहोस् यि बस्तु ! अशुभ हुन्छ


 


काठमाण्डौ । शनिबारको दिन यस्ता चिजहरु खरिद गरि घर ल्याए उनीहरुको भाग्य र काम दुवै बिग्रिन्छन् । शनिबारका दिन कुन चिज घर ल्याउँदा अशुभ मानिन्छ हामी तपाईहरुलाई जानकारी गराउन गइरहेका छौँ ।

शनिबारको दिन यि बस्तु ७ भुलेर पनि नकिन्नुहोस्

– शनिबारको दिन कालो कपडा खरिद गर्नु हुँदैन अशुभ मानिन्छ । – शनिबारको दिन नुन खरिद गरेमा आर्थिक हानि हुन्छ त्यसैले यस दिन नुन खरिद गर्नु भन्दा दान गर्दा उत्तम मानिन्छ ।

– शनिबारको दिन फर्निचरबाट बनेका सामान वा बहान खरिद गर्नु हुँदैन अशुभ मानिन्छ । – शनिबारको दिन फलाम खरिद गर्नु हुँदैन, यसलाई शनिको धातु मानिन्छ । शनिवार फलाम खरिद गर्नु भन्दा दान गर्नु अति उत्तम मानिन्छ ।

– शनिबारको दिन मासको कालो दाल पनि खरिद गर्नु हुन्न । शनिवार कालो दाललाई पकाएर कुकूरलाई खुवाएमा राम्रो मानिन्छ ।

– तोरीको तेललाई शनिको द्रव्य मानिन्छ यसदिन तोरीको तेल खरिद गर्न हुँदैन । – शनिबारको दिन भेन्टा ,काली मिर्च खरिद गर्नु वा खानु दुवै अशुभ मानिन्छन् ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्