ट्याक्टरले किच्दा बालककाे ज्यान गयाे


 


IMG_9152भाेजपुर, मंसिर ९

बुधबार अपरान्ह भाेजपुरमा ट्याक्टरले किच्दा एक बालककाे ज्यान गएकाे छ । साढे तीन बजे भाेजपुर सदरमुकामबाट नजिकै रहेकाे देउराली जाँदै गरेकाे काे २ त ३०१८ नम्बरकाे ट्याक्टरले किच्दा माेरङकाे सुन्दर दुलारी नगरपालिका ७ सलकपुरका १२ बर्षिय किशाेर ढुङ्गानाकाे ज्यान गएकाे छ ।

IMG_9147बालकलाइ किच्ने ट्याक्टरकाे स्टाट बन्द भएपछि अर्काे ट्याकटरले तान्दै गर्दा बाटाे काट्दै गरेका बालक चेपुवामा परेकाे प्रत्यक्षीदर्शीले बताएका छन्र । ट्रयाक्टरले किचेपछि बालकलाइ उपचारका लागि जिल्ला अस्पताल भाेजपुर पुर्याइएकाे थियााे ।

अस्पतालकाे बेडमा नै बालकलाइ चिकित्सकहरूले मृत घाेषणा गरेका थिए । अहिले बालककाे शव पाेष्टमार्टमका लागि अस्पतालकाे शव गृहमा राखिएकाे छ ।

स्थायी घर गाेगने गाविसकाे सल्लेनी रहेकाे बालककाे परिवार यतिबेला सलकपुर बस्दै अाएका थिए । अामासँग दशै तिहार मनाउन पुर्खेउली ठाउँ र मावला अाएका उनिहरू बिहिबार विहान भाेजपुरबाट धरानकाे टिकट समेत काटेका थिए ।

मावला काेट गाविस ४ भक्तपुरबाट बुधबार सदरमुकाम अाएका उनिहरू बजार घुमफिरपछि बास बस्ने ठाउँ जाँदै थिए । अामा, बहिनी र बालक तीन जना घर फर्कन लागेका थिए ।

चालक शम्भु मगर फरार रहेका छन् भने ट्याक्टर र ट्याक्टर मालिक प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ । मृतक बालककी अामा सरस्वती ढुङ्गाना विक्षिप्त अवस्थामा छिन् ।

IMG_9148

प्रकाशित मिति: ९ मंसिर २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्