समय आएपछि सेक्स हुनु कुनै ठुलो कुरा होईन : मोडल सोनु


 


पोखरा घर भई काठमाण्डौँमा बसेर विगत एकवर्षदेखी सोनु पौडेल मोडलिङ गर्दै आएकी छन् । रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागिपरेकी उनले छोटो समयमै करिब एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोनुले केही सर्ट मूभिमा पनि अभिनय गरिसकेकी छन् ।

प्रस्तुत छ देशको न्यूज डटकमसँगको जम्काभेटमा गरिएको कुराकानीको अंश :

– कलाकारीता क्षेत्रमा तपाईको प्रवेश कसरी भयो ?
सानैदेखीको चाहनाले नै मोडलिङ क्षेत्रमा लागेको हो । सानैदेखी म चञ्चले, नाचिरहने मोडलिङमा अति नै रुची थियो । कसरी अवसर पाईन्छ होला भन्ने लागेको थियो । यसैक्रममा मेरो निर्देशक उपेन्द्र्रप्रसाद खड्कासँग कुराकानी भयो । उहाँले अभिनय सिक्नुपर्छ भनेर सुझाब दिनुभयो । उहाँसँग नै अभिनय सिक्दै सर्टमूभिहरुमा अभिनय गरेर यस क्षेत्रमा प्रबेश भयो ।

– अहिलेसम्म कति वटा म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्नुभयो ?
मैले १५ भन्दा बढी म्युजिक भिडियो र ठुलो पर्दाको एउटा चलचित्रमा अभिनय गरेको छु । फागुन महिनाबाट सुटिङ हुने अर्को चलचित्रमा पनि अभिनय गर्दैछु ।

– चलचित्र क्षेत्रमा काम गर्दा परिवारको सर्पोट कतिको पाउनु भएको छ ?
सुरुसुरुमा त परिवारबाट पनि त्यति धेरै सपोर्ट थिएन गाह्रो नै थियो । तर हाल आएर परिवारबाट त मैले पुरै सर्पोट पाएकी छु ।

– बोल्ड सिन दिने नायिका/मोडलहरु मात्र हाइलाइटमा आउँछन् भन्छन नि, हो ?
सबै दर्शकहरुको आफ्नो आफ्नो हेराई र सोचाइमा भर पर्ने कुरा हो तर मलाई जहाँसम्म त्यस्तो लाग्दैन । राम्रोसँग काम गरियो भने हाइलाइट हुनेमा कुनै दुई मत छैन ।

– कथाबस्तुले मागेको खण्डमा तपाई बोल्ड सिन दिन तयार हुनुहुन्छ ?
पहिलेत म सबै बुझ्छु कस्तो टिमसँग काम गर्दैछु भनेर । राम्रो टिम, राम्रो निर्देशकको राम्रो चलचित्र र कथा भएमा कथाले मागे अनुसार दिन मलाई कुनै आपत्ति छैन । आवश्यकता अनुसार ठिक्कसम्मको ग्ल्यामर दिन सक्छु ।

– कलाकारिता पेशाले जीवन धान्न सकिन्छ जस्तो लाग्छ ?
कलाकारिता पेशाले जीवन धान्न सकिन्छ कि सकिँदैन त यो सबैलाई थाहा भएकै कुरा हो तर मेरो निम्ति चाहिँ यो क्षेत्रमा आफुलाई चिनाउनुछ आफ्नो करियर बनाउनुछ र आफुलाई यो क्षेत्रमा स्थापित गराउनुछ । सुरुसुरुमा त गाह्रो नै छ । तर भविष्यमा मोडलिङबाट पनि जीवन धान्न सकिन्छ होला जस्तो लाग्छ मलाई ।

– अभिनय गर्दा गाह्रो अथवा रमाइलो कस्तो अनुभव गर्नुभएको छ ?
त्यस्तो अप्ठ्यारो महसुस त मैले अहिलेसम्म गर्नुपरेको छैन बरु सबै साथीहरुसँग मिलेर काम गरिन्छ नजानेको कुरा सिकिन्छ अहिलेसम्म रमाइलो नै अनुभव गरेकी छु

– यो क्षेत्रमा लागेर आफुले के पाएँ के गुमाएँ जस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर मैले कुनै कुरा गुमाएको छैन बरु मैले धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाएकी छु । साथीहरु पाएको छुँ, आफन्तहरुबाट राम्रो सहयोग पाएको छुँ । तर अझ धेरै गर्न नसकिरहेको अनुभव गरेको छुँ । अलिक अगाडी बढ्ने मौका पाएको भए धेरै कुरा सिक्ने मौका पाउथेकि भन्ने लागेको छ । अलिकति थोरै समय गुमाएको होकि जस्तो चै लाग्छ ।

– तपाईलाई प्रेम प्रस्ताव कत्तिको आउँछन् ?
प्रेम प्रस्ताव थुप्रै आउँछन् । मोडलिङमा लागेपछि मिडिया पत्रिकामा देखेपनि धेरै प्रस्ताव गर्नुहुन्छ । त्यसलाई मैले स्वभाविक रुपमा लिएको छुँ

– तपाईको विचारमा सेक्स के हो जस्तो लाग्छ ?
यो प्राकृतिक कुरा हो, मानिसको जीवनमा यो अत्यवाश्यक कुरा हो तर यसलाई गलत तरिकाले उपयोग गर्नु हुँदैन । पुरुष र महिलाबीचको एकअर्काको सम्बन्ध नै सेक्स हो ।

–अहिलेसम्म अनुभव लिनुभएको छ कि छैन ?
छैन हजुर । समय आउँदैछ । समय आएपछि सेक्स हुनु कुनै ठुलो कुरा होईन ।

– अन्तमा दर्शक र फ्यानहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यस देशको न्युज डटकम र तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यस अनलाईमार्फत मेरो कुरा राख्ने अवसर दिनुभएकोमा धेरै–धेरै धन्यवाद र मेरो आउँदो चलचित्र, म्युजिक भिडियोहरु हेरीदिनुस मनपराईदिनुस र आफ्नै नेपाली चलचित्रहरु हेर्ने गरौँ भनेर मेरो सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरुलाई अनुरोध गर्न चाहान्छु । अहिलेपनि म सिक्ने क्रममै छु । मेरो कमीकमजोरीहरु सबैले औल्याईदिनुहोस् । मोडलिङ क्षेत्रमा आउन लाग्नुभएकाहरुलाई पनि कलाकारिता सिकेर मात्र यस क्षेत्रमा प्रबेश गर्न म सुझाब दिन्छु ।

प्रस्तुती : सुमन घिमिरे

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्