डा गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक



काठमाडौँ, माघ १५

दिनदेखि अनशन बसिररहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन्। मंगलबार बुलुका निकालिएको उनको स्वास्थ्यसम्बन्धी रिपोर्टमा स्वास्वास्थ्य गम्भीर बन्दै गएको बताइएको हो।

उनको मेडिकल रिपोर्टमा छाती धेरै दुख्ने, श्वासप्रवाशमा समस्या निन्द्रा नलाग्ने,मुटुको चाल अनियमित हुने, रगतामा राता र सेता रक्तकोशिकाहरू कम हुँदै गएको जस्तो समस्या देखिएको चिकित्सकहले बताएका छन्।

डा केसीको उपचार टोलीका सदस्य डा प्रमेश श्रेष्ठले हस्ताक्षर गरेको स्वास्थ्य बुलेटिनअनुसार डा केसीलाई अक्सिजन दिइएको छ। रगतमा ग्लुकोज र पोटासियमको मात्रा पनि घटेको छ।

१५ औँ अनशसमा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्नेलगायका ६ वटा माग राख्दै डा केसी २१ दिनदेखि १६ औँ अनशनमा छन् ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्