अल्ट्रा धाविका मिरा राईको वृत्तचित्र बन्दै


 


IMG_0510भोजपुर, मंसिर १४
विश्वको प्रतिष्ठित मिडिया बिबिसीले आफ्नो निर्माणाधीन वृत्तचित्रमा नेपाली चेली अल्ट्रा धविका मिरा राईलाई समेट्ने भएको छ । बिबिसीले बनाउन थालेको बृत्तचित्रमा मिरा राईको घरगाउँको वास्तविक अवस्था समेट्न राईको जन्मस्थल भोजपुरको सानोदुम्मा पुगेर एक टाेलीले छायांकन समेत गरेकाे छ ।

टोलीमा एक जना बेलायती नागरिक निर्देशकको रुपमा, क्यामेरामेन तथा दोभाषे एक जना नेपाली र अन्य एक जना सहयोगी र धाविका मिरा राई स्वयं गरी चार जनाको टोली आइपुगेका हुन् । यो टोलीले मिराको गाउँ सानोदुम्मा आइपुगे पश्चात धाविका राईको विगतका दैनिकी झल्किने क्रियाकलापहरुको छयाङ्कन गरेको छ ।

छायाङ्कन टोलीले राईको विगतका ग्रामिण दैनिकीहरु घाँस काटेको, दाउरा काटेको, खानेपानी बोकेको, घरायसी कामकाजहरु गरेको क्रियाकलापहरुलाई समेटेको छ । वृत्तचित्रमा हिमालय तथा नेपालको प्रतिनीधिको रुपमा धाविका राईलाई समेटिएको जानकारी टोलीमा आएका नेपाली दोभाषे दिनेशले बताए ।

IMG_0513बिबिसीले विश्वभरीका अल्ट्रा दौड तथा धावक–धाविकाहरुलाई समेटेर निर्माण गर्न लागेको उक्त वृत्तचित्र अगामि सन २०१७ मा रिलिज हुने जानकारी बेलायतबाट छायाङ्कनका निम्ति सानोदुङमा आइपुगेका अलेक्सले बताए । बिबिसीले महत्वकाक्षी योजनाको रुपमा छायाङ्कन शुरुवात गरेको यो वृत्तचित्रमा हिमालय तथा नेपालको प्रतिनीधिको रुपमा धाविका राईलाई लिइएको पनि बताएको छ ।

छायाङ्कन टोली आफ्नो काम सम्पन्न गरी सानोदुम्माबाट काठमाण्डौ प्रस्थान गरीसकेको छ । यो टोली सानोदुम्मा आइपुगेपछि सानोदुम्मा मा.वि.को पहलमा एक अनौपचारीक स्वागत कार्यक्रम समेत राखी आगन्तुक टोलीका सदस्यहरुलाई खादा, फूलमाला तथा अबीर लगाइ भव्य स्वागत गरिएको विद्यालका प्रधानाध्यापक अर्जुन राइले बताए ।

मिरा राईले नेपाल र आफूलाई बिबिसीले आफ्नो निर्माणाधीन वृत्तचित्रमा समावेश गरेकोमा आफूलाई खुशी महशुस भएको प्रतिक्रिया दिएकी छिन् ।

IMG_0524

प्रकाशित मिति: १४ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्