२१ वर्षकी धनाले ‘सालको पात’ गाउँदा बिष्णु माझिको स्वर पनि फिक्का लाग्छ (भिडियो)सहित


 


मानिसलाई गरी खाओस भनेर केहि न केहि कला भावीले हरेकलाई नै लेखेको हुन्छ भन्ने कथन जहाँसम्म सत्य छ । दैलेखकी धना परियार ३ वर्षकी हुँदा आगोले जलिन आफ्नो सानो भाई संगै आगोमा परेर सख्त घाइते धना आफुँ त बाचिन तर सपाङ उनको शरीर अपाङ भयो ।

छाउगोठमा जाडो सेक्न बालेको आगो हावाले उडाएर घर जलायो आफुँ एक्लै त भाग्न सक्थेँ सानो भाईलाई बचाउँछु भन्दा म पनि जले तर भाईलाई बचाए धना भन्छिन ।हिजोआज सामाजिक सञ्जालहरुमा आफ्नो कला प्रस्तुत गरेर धेरैको जीवन बदलिएको छ ।

उदार भएको छ । त्यो कुरा राम्रो सँग बुझेपछि ठुला र धेरै मिडियाको पहुँचकेन्द्रिय राजधानीमा हुने भएको हुँदा २१ वर्षिया धनाले पनि काठमाण्डौंको बस चढिन ।प्राय सबै प्रकारका गित गाउने धनाको स्वर लोक दोहोरीमा भने निकै जवर्जस्त छ । लोक दोहोरीकी क्विन बिष्णु माझी भन्दा निखार छ धनाको स्वरमा ।

बिष्णु माझिका गितबाट प्रभावित धनाले अधिकांस उनकै गित गाउँन पन पराउँछिन । अहिलेको सुपरहिट गित सालको पात टपरी त झन दुरुस्तै गाईन । आफ्नो परिवारको रोजीरोटीका लागी इन्डिया हिंडेका बुबाको मुहारमा गित गाएर खुसि भर्ने धनाको चाहना नेपाली श्रोताले न्याय गर्दिन्छन या गर्दैनन त्यो त हेर्न बाँकी नै छ ।

तर उनको स्वरमा जादु छ । उनै धनासँग गरिएको मिठो कुराकानी र उनको जादुमय स्वर यहाँ भिडियोमा हेर्नुहोस:

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्