नवजात छोरीलाई जुकरवर्गको यस्ताे छ चिठी


 


Markjukarbargप्यारी म्याक्स

तिम्री आमा र मलाई  भविष्यका लागि तिमीले दिएको आशाबारे वर्णन गर्न अहिलेसम्म शब्द फुरेको छैन । सबै आमाबुवा जस्तै हामी पनि तिमीलाई हामी हुर्केको संसारभन्दा राम्रो संसारमा हुर्काउन चाहन्छौं।

समाचारका शीर्षक नराम्रा कुराहरूमा केन्द्रित भएरहेपनि विश्व धेरै तरिकाबाट राम्रो हुँदै गइरहेको छ ।  स्वास्थ्यमा सुधार भइरहेको छ। गरिबी घटिरहेको छ। ज्ञान बढिरहेको छ। मानिसहरू आपसमा बािधएका छन्।

हर क्षेत्रमा भइरहेको प्राविधिक प्रगतिले हाम्रोभन्दा तिम्रो जीवन राम्रो हुनेछ। संसारलाई अझ राम्रो बनाउन हामी पनि आफ्नो तर्फबाट सकेको काम गर्न लागेका छौं। तिम्रो पुस्ताको मानविय क्षमताको अभिवृद्धि र समानताको प्रवर्द्धन गर्न  हामी केन्द्रीत हुनेछौं।

तिमी चान जुकरवर्ग परिवारको अर्को पुस्ता बनेर आएसँगै हामीले ‘चान जुकरवर्ग इनिसिएटिभ’  सुरू गरेका छौं।  हाम्रो यो प्रयास सुरुमा सिकाई, स्वास्थ्य उपचार, मानिसलाई जोड्ने र मजबुत समाज बनाउनमा केन्द्रित हुनेछ।

यसका लागि हामी फेसबुकको ९९ प्रतिशत सेयर लगानी गर्ने छौं। त्यसको बजार मूल्य हाल ४५ अर्ब डलर छ।  हामीलाई थाहा छ यसै क्षेत्रमा काम गरिरहेका अरूको तुलनामा यो सानो योगदान मात्र हो। तर अरूसँगै हामी आफूले सकेको गर्न चाहन्छौं।

हामी यो सब केवल तिमीलाई माया गर्ने भएकाले गर्न लागेका होइनौ। अर्को पुस्ता र बालबािलकालागि यत्ति गर्नु हाम्रो नैतिक दायित्व पनि हो। सबै मानिसको जीवन उस्तै हो। यो समाजको दायित्व होकि आउने पुस्तालाई जीवनस्तर सुधार्न लगानी गर्नुपर्छ।

तिम्री आमा र मैले आफ्नोतर्फबाट सकेको गर्ने छौं। यसका लागि समय पक्कै लाग्छ।  ५-१० वर्षमा  यसमा केही तात्विक अन्तर नदेखिए पनि लामो समयमा अवश्य फरक देखिने छ। आज रोपेको विउ उम्रेर  ठूलो हुनेछ र तिम्रा सन्ततिहरूले देख्नेछन् हामीले  गरेको कल्पना संसार। जहाँ रोग लागेर मानिसहरू दुःखी हुने छैनन्।

तिमीले हामीलेभन्दा  १०० गुणा बढी राम्ररी सिक्ने र अनुभव गर्न पाउने छौ? हामीले रोगको निदान गरेमा तिम्रो पुस्ता सुस्वास्थ्य र दिर्घायू हुनेछ? के हामी संसारलाई यसरी जोड्न सक्छौं जहाँ तिमी चाहेको आइडिया, मान्छे र अवसर पाउने छौं? हाम्रो पुस्ताले गरिबी र भोकमरी उन्मुलन गर्न सक्छ? हामी सबैलाई आधारभूत स्वास्थ्य दिन सक्छौं? हामी समावेशी र सहिष्णु समाज बनाउन सक्छौं?

यदि हाम्रो पुस्ताले सही लगानी गरेमा यी प्रश्नको उत्तर सकारात्मक हुन सक्छ। र यो तिम्रै जीवनकालमै हुन सक्छ। यसका लागि हामीले २५ देखि १०० वर्षसम्मका लागि लगानी गर्नुपर्छ।  मानिसहरूसँग प्रत्यक्ष रूपमा काम गर्नु पर्छ। परिवर्तनका लागि प्रविधि बनाउनु पर्छ। धारणा बनाउन नीतिगत तह र वकालतमा हामी सहभागी बन्नुपर्छ। हरेक क्षेत्रका प्रतिभावान नेतृत्वलाई सहयोग गर्नु पर्छ।  र भोलिका लागि पाठ सिक्न आज हामीले जोखिम मोल्नुपर्छ।

तिमीसँग अवश्य पनि जिज्ञासा होलान् हामी यो किन गरिरहेका छौं र कसरी गर्दै छौं। यसका बारेमा विस्तृत कुराहरू आगमी महिनामा भन्नेछौं।

बाबु आमा बनेर जीवनको अर्को अध्यायमा पुगेपछि यो सबै सम्भव बनाउनेको प्रसंशा गर्न चाहन्छौं।हामी पछाडि बलियो विश्व समुदाय भएकाले हामी यो गर्न सक्नेछौं। फेसबुकका हरेक सदस्यले यसको भाग बनेर भूिमका निर्वाह गरिरहेका छन्।

म्याक्स, हामी तिमीलाई माया गर्छौं र एक सुन्दर संसार तिमीलाई छोड्नु हामीले आफ्नो दायित्व ठान्यौं। हामी कामना गर्छौं तिम्रो जीवन पनि त्यही माया आशा र आनन्दले भरियोस् जुन तिमीले हामीलाई दियौ।

आमा र बुवा

(फेसबुकमा संस्थापक मार्क जुकरवर्गले छोरी म्याक्सको नाममा लेखेको चिठीको सम्पादित अंश)

प्रकाशित मिति: १६ मंसिर २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्