सेवामा नफर्किने चिकित्सकलाई कडा कार्वाही गर्ने सरकारको चेतावनी


 


काठमाडौँ । सरकारले चिकित्सा सेवामा हड्ताल गर्ने चिकित्सकहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।अनसनरत डा.गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकहरुले देशभरको स्वास्थ्य संस्थाको ओपिडी सेवा ठप्प पारिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको भन्दै हड्ताल गर्ने चिकित्सकहरुलाई कारबाहि गरिने जनाएको छ ।

शुक्रबार दोस्रो पटक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा आन्दोलन नगर्नु भन्ने विषयमा यो भन्दा पहिला पनि जनाकारी गराउँदा गराउँदै पनि चिकित्सकहरुले बेवास्ता गरेका कारण मन्त्रालयले अब पनि चिकित्सकहरु आन्दोलन छोडेर सेवामा नलागेको खण्डमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारवाहिको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

मन्त्रालयले यसभन्दा अघि पनि स्वास्थ्य क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न सचेत गराएको जनाउँदै चिकित्सकहरुले बेवास्ता गर्दै आन्दोलन गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

मन्त्रालयले माघ १४ गते पनि सम्पूर्ण स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई आन्दोलन छोडेर सेवामा आउन अपिल गरिएको तर अराजक बन्दै आन्दोलनका कार्यक्रम नरोकेको भन्दै अब पनि यही क्रम जारी रहे ऐन अनुसार कार्वाही प्रक्रिया अघि बढाउन मन्त्रालय बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्