जव नेविसंघले कालो झण्डा सिंहरवारको आकाशमा उडायो…?


 


काठमाडौं माघ १८
नेपाली कांग्रेसले सरकार बिरुद्ध संसदबाट र युवा बिद्यार्थी संगठनहरुले सडकबाट सरकारको विरोध गरिरहेको छन् । विरोधका शैलीहरु संसद र सडकमा एउटै प्रकारका छन् ‘नाराबाजी’ । तर शुक्रवार नेपाल बिद्यार्थी संघले विरोधको फरक शैली अपनाएको छ ।

सिंहदरवारको आकाशमा बेलुनसहित नेविसंघले कालो झण्डा उडायो । पश्चिमी गेटबाट बेलुनसहित उडाइएको कालो झण्डा कालो झण्डा सिंहदरवारमाथीको आकाशमा धेरै बेर रहेको थियो । उनीहरुले डा. गोविन्द केसीका माग जस्ताको जस्तै कार्यान्वयन गर्न सरकारलाई दवाव दिइरहेका छन् । यद्दती चिकित्सा शिक्षा बिधेयक दुवै सदनबाट पारित भइसकेको छ ।

सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ जस्ता नारा लेखिएको थियो । आफ्ना मागहरु पुरा गराउन र सरकारलाई दवाव दिन नेविसंघले फरक शैलीको विरोध प्रर्दशन गरेको जनाएको छ ।

विगत केही दिनदेखि नेपाल बिद्यार्थी संघले सडक आन्दोलन गरिहरेको छ । डा. केसीको समर्थनमा पनि नेविसंघले साथ दिँदै आएको छ भने निर्मला हत्याप्रकरणमा पनि न्यायको खोजि गर्न थालेको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा नेविसंघले कालो झण्डा देखाएको थियो ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्