ट्रिपर ब्यवसायीको दादागिरी बिच सडकमा ट्रिपर तेर्स्याउदा एम्बुलेन्स रोकियो


 


तेजबहादुर बन इटहरी । मोरङको बिराटचौकमा ट्रिपरमाथी भएको आग्जनीको बिषयलाइ लिएर क्षतिपुर्ति माग्दै आन्दोलनमा उत्रिएका ब्यवसायीहरूले शुक्रबार दादागिरी शैलीमा बिरोध र्यालीको आयोजना गरेका छन ।

प्रदेश एकमा रहेका ट्रिपर ब्यवसायीहरूले आन्दोलनको नाममा भएको सम्पुर्ण क्षति सरकारले बेहोर्नु पर्ने माग राख्दै पहिलो चरणको आन्दोलन अन्तरगत शुक्रबार बिरोध र्या्लि निकालेका हुन ।

बिराटचौकबाट सुरू भएको ट्रिपर र्यालीले पूर्वको केन्द्र इटहरी हुदै दुहबी र बिराटनगरको ढाटमा पुगेर कोणसभा गरेको थियो । बिराटनगर पुगेर मुख्य राजमार्ग नै अवरूद्ध हुने गरी ब्यवसायीहरूले सरकार बिरोधि नाराबाजी समेत गरेका थिए ।

ट्रिपरका कारण धरान बिराटनगर राजमार्ग पुन रूपले अवरूद्ध हुदा एम्बुलेन्स सेवा लगायत अति आवस्यकिय सवारीहरू समेत बिच सडकमै रोकिएका थिए । ट्रिपरको लामबद्ध लाइनलाइ प्रहरीले बिराटनगरको ढाटमै रोकेपछि केहि क्षण तनाव उत्पन्न भएको थियो ।

सम्भावित घटनालाइ मध्यनजर गर्दै जिल्ला प्रसाशन कार्यालय मोरङले सो क्षेत्रमा अहिले बाक्लो शुरक्षाकर्मिहरू परिचालन गरेको छ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्