टंकको “रेवन चश्माको” भिडियो पूर्वमा भाइरल (भिडियो सहित)


 


खविन लुइटेल पाँचथर १८ माघ
पूर्वी पहाडमा चर्चित बनेका बाल कलाकारहरु आयुश र अंशु गुँरागाइको अभिनयमा शुक्रबार म्यूजिक भिडियो भएको छ । पछिल्लो समयका सर्वा्धिक ब्यस्त गायक टंक बुडाथोकीको आवाजमा रहेको रेवन चस्मा बोलको गितको अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको हो । निरुता वानिया संग टंकले गाएको यो गितको अडियो मात्रै टंक बुडाथोककिो च्यानलमा साढे चार लाख भन्दा धेरै हेरिएको छ भने अपलोड भएको एकै दिनमा १ लाख भन्दा धेरै दर्शकले हेरेका थिए ।

दर्शकले अत्याधिक रुचाएकै काँरण यो गीतको म्यूजिक भिडियोमा आफुहरुले धेरै मेहनत गरेको टंक बुडाथोकीले बताएका छन् । नयाँ प्रतिभा हरुलाई उजागर गर्ने क्रममा आयुश र अंशु गुँरागाइलाई आफुले नेपाली दर्शकमाझ पस्किन पाउँदा खुशी लागेको टंक बुडाथोकीको प्रतिकृया रहेको छ ।

स्मरण रहोस टंकको अगिल्लो चौरिको चाम्रो छुर्पी बोलको गीतमा समेत आयुश र अंशुलाई थोरै समयको लागी म्युजिक भिडियोमा समेटिएको थियो । पूर्वमा भएको एउटा सांगितिक कार्यक्रममा अशोक दर्जी र टंक बुडाथोकी प्रस्तुती दिन पुगेका वेला प्रस्तुती राखेका पूर्वका भाइरल आयुश र अंशु गुराँगाइ टंकको नजरमा परेको वताइएको छ ।

नयाँ भिडियो रिलिज भए संगै आफुहरु निकै उत्साहित बनाएको बाल कलाकारको जोडी आयुश र अंशु गुराँगाइले प्रतिकृया दिएका छन् । भिडियोमा आयुश, अंशु, टंक लगायत एलिशा राईलाई समेत देख्न पाइनेछ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्