धनकुटामा श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ


 


धनकुटा माघ १८,
तीन महिना अघि धनकुटाको हिलेमा सञ्चालन भएको मिनी मेलामा हत्या गरिएका सुनसरी इटहरी उपमहानगरपालिका–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

लामो समयको अनुसन्धानपछि धनकुटा प्रहरीले मृतककी श्रीमती र उनका प्रेमीलाई हत्याको अभियोगमा प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले साँगुरीगढी गाउँपालिका वडा नं। ९ घर भई हाल बराहक्षेत्र ५ कालाबन्जार बस्ने ३१ वर्षीय सविन राई र मृतककी श्रीमती इटहरी उपमहानगरपालिका–१५ की २९ वर्षीया प्रिया चौधरीलाई प्रक्राउ गरेको हो ।

उनीहरुले योजना बनाएर चौधरीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

चौधरीको हत्यापछि विवाह गर्ने सल्लाहमा प्रियाले आफ्नो श्रीमान्को हत्या गर्न राईलाई उक्साएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

चौधरीको २ तथा सवारी चालक पेशा गर्ने राईको १ सन्तान रहेका छन् । धनकुटाको हिले बजारमा लागेको मिनी मेलामा कर्मचारीका रुपमा कार्यरत ३८ वर्षीय चौधरीको कार्तिक १६ गते राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

प्रदेश नं। १ प्रहरी कार्यालयको अनुसन्धान समूह विराटनगर र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त टोलीले आरोपितद्धयलाई बुधबार पक्राउ गरिएको एसपी गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्