इटहरीमा अवैध सम्बन्ध बढाउन प्रेमिसंग मिलेर श्रीमानकाे हत्या


 


तेजबहादुर बन सुनसरी माघ १९

इटहरी उपमहानगर अन्तरगत १३ खनारस्थित कार्टुन फ्याक्ट्रि अघाडी मृत अवस्थामा फेला परेका स्थानीय ३५ बर्षिय श्याम सरदारकाे अाफ्नै श्रीमतिले हत्या गरेकाे तथ्य सार्वजनिक भएकाे छ ।शनिबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सममेलन गर्दै यस्ताे कुराकाे जानकारी गराएकाे हाे ।

परपुरूष संग अवैध सम्बन्ध बढेपछि श्रीमानले थहा पाउने डरले प्रेमि संग मिलेर ३२ बर्षिया श्रीमती देवकि सरदारले अाफ्नै श्रीमानकाे निर्मम हत्या गरेकाे तथ्य खुलेकाे प्रहरीले जनाएकाे छ । गत २०७५ जेठ २ गते इटहरी उपमहानगर अन्तरगत १३ खनारस्थित कार्टुन फ्याक्ट्रि अघाडी सरदारकाे शव फेला परेकाे थियाे ।

बैशाख ३१ गते बाट सम्पर्क बिहिन बनेका खनार निवासी ३५ बर्षिय श्याम सरदारकाे बिषयमा प्रहरीले खाेजि गर्दा जेषठ २ गते इटहरीकै खनारस्थित कार्टुन फ्याक्ट्री अघाडी माेटरसाइकलले थिचेकाे अवस्थामा शव फेला परेकाे थियाे । घटनाकाे प्रकृति हेर्दा दुर्घटनामा परेर मृत्यु भएकाे जस्ताे बनाएपनि अवस्था शंकासपद देखिएपछि प्रहरीले अनुशन्धान सुरू गरेकाे थियाे ।

घटनाकाे बिषयलाइलिएर प्रहरीले उनकि श्रीमति ३२ बर्षिया देवकि सरदारलाइ नियन्त्रणमा लिएपनि सुरूमा सफलता हात नपर्दा उनि त्यतिकै रिहा भएकि थिइन तर प्रहरीले केहि समयपछि अावस्यक प्रमाण जुटाएर पुन पक्राउ गरेर केरकार गर्दा प्रेमि संग मिलेर श्रीमानकाे हत्या गरेकाे स्विकारेकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी शिव कुमार श्रेष्ठले बताए ।

श्रीमती देवकिकै बयानका अाधारमा प्रहरीले सरदारकाे हत्यामा संलग्न उनका प्रेमि तथा मुख्य याेजनाकार समेत रहेका सुनसरी दुहबी ९, छातावेली निवासी बर्ष ३९ का ताहीर मिया , हत्यामा संलग्न दुहबी ९ कै माेहम्मद जाविर हुसेनलाइ पक्राउ गरी अावस्यकिय कानुनि कार्वाहि अघि बढाइसकेकाे छ भने हत्यामा संलग्न भारत, बिहार, गुडिया ग्राम पञ्चायत घर भई हाल दुहवी ८, सुनसरी बस्दै अाएका ३१ बर्षिय रञ्जित महताे भने फरार रहेकाे र उनकाे खाेजि कार्य भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव कुमार श्रेष्ठले बताए ।

उक्त घटनामा देविकाले श्रीमानकाे हत्या गराउने जिम्मा उनका प्रेमि ताहीरलाइ जिम्मा दिएकि थिइन भने ताहिरले रू १ लाख दिएर भारतबाट अभियुक्त झिकाएका प्रहरी प्रारम्भिक अनुशन्धानबाट बुझिएकाे छ । यस हत्या प्रकरणमा ३ देखि ४ दाख सम्काे अार्थिक काराेबार लेन देन भएकाे पनि प्रहरीकाे अनुशन्धानबाट खुलेकाे छ ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्