भाेजपुर पुगेर के भने सञ्चारमन्त्री शेेरधन राईले ?


 


Sherdhan raiभोजपुर, मंसिर १८
सूचना तथा सञ्चार प्रविधी मन्त्री शेरधन राईले अघोषित नाकाबन्दी केही दिनमै हट्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले तराई मधेशमा आन्दोलनरत दलहरुसँग बसेर वार्ता र संवादबाट निकास निकाल्न लागिएको बताएका हुन् ।

मन्त्री भएको ठिक एक महिना पश्चात शुक्रबार गृह जिल्ला भोजपुर पुगेर मन्त्री राईले नाकाबन्दी खुल्ने सकारात्मक संकेतहरु रहेको जनाएका हुन् । वार्ताहरु सकारात्मक ढंगबाट एकपक्षिय, द्धिपक्षीय र बहुपक्षिय भइरहेका छन्, मन्त्री राईले भने लगभग एक हप्ताभित्र अहिलेको संकटको समाधान हुन्छ, जुन संकेतहरु देखिन थालेका छन् ।

वर्तमान सरकार वार्ता र संवादलाई निर्णायक बनाएर समस्याको समाधान गर्न लागेको उनले बताए । वार्ताहरु सकारात्मक भइरहेको उनको भनाई थियो ।

अहिलेको समस्या अन्त्यका लागि सरकारले आन्दोलनरत दलहरुलाई आग्रह गरिरहेका छौ, मन्त्री राईले भने सरकारले लचकता अपनाइरहेको छ, वार्ता र संवादबाट निकास निकाल्नुको विकल्प छैन् । अघोषित नकाबन्दी हटेपछी सरकारले आफ्ना अभिारा पुरा गर्ने मन्त्री राईको भनाई थियो ।

प्रकाशित मिति: १८ मंसिर २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्