स्वास्नी वस्तु होइन, उसलाई इच्छा लागे अरुसँग सेक्स गर्छे, लोग्ने रिसाउनु बेकार (भिडियो सहित)


 


कृषि वैज्ञानिक तथा नयाँ शक्ति पार्टीका नेता मदन राईले पछिल्लो पटक धर्म–यौन र जीवनबारे विश्लेषण गरेका छन् । उनको मतमा सबैभन्दा पुरानो धर्म हिन्दुधर्म नै हो । कान्छो धर्म इस्लाम हो । हिन्दु धर्ममा अनेकन कुराहरु छन् जसले जीवन–यौन र प्रेमबारे व्याख्या गरेका छन् । मदन राईको धारणा निम्नानुसार छः

‘पहिले मानिसहरु अत्यन्त सरल थिए । समाज पनि त्यस्तै थियो । पहिलेका मानिसहरुले समाज कसरी चल्नु पर्छ भनेर त्यो बेलाका जान्नेबुझ्नेहरुले लेखिदिए । लेखेर उनीहरु सिमित समय बाँचे मरिहाले । पछिल्ला मानिसहरुले त्यसलाई धर्मको रुपमा परिभाषित गरे । सरल सामाजिक जीवनलाई उनीहरुले जटिल बनाए ।

राजनीतिकरुण, समूहकरण, जातिकरण, देवत्वकरण गरेर धर्मलाई समस्याको जड बनाइदिए । झुठो वा अर्धसत्य कुरालाई हजार वर्ष सत्य हो, सत्य हो भनेपछि त्यो धर्म हुन्छ । यो कुरा सबै धर्ममा लागू हुन्छ । धर्म भनेको भ्रम हो । प्राचीनकालको केही सत्य र हालको केही असत्यको बीचमा अहिले धर्म अडिएको छ । यो एकदमै ठूले भ्रम हो । जुन देशमा धर्मलाई अति नै मान्छन् ती सबै देश गरिब छन् अमेरिकाबाहेक ।

अमेरिकाको चाहिँ क्रिष्चियन धर्म हो । तर क्रान्तिकारी टाइपको धर्म हो अमेरिकीले मान्ने भनेको । हिन्दु धर्मचाहिँ महिलालाई दोस्रो दर्जामा राख्ने खालेको छ । १६ शताब्दीमा मानिसहरु स्वतन्त्र भए । १८ औं शताब्दीमा समान भए । २० औं र २१ औं शताब्दीमा समानता आयो । वैज्ञानिक हिसाबले धर्म भ्रम हो । हिन्दु धर्मले यौन दूराचार भन्ने गर्छ । बुद्ध धर्मले पनि ‘एक पुरुष एक नारी’ भन्ने गर्छ । तर मुस्लिम धर्मले चार नारीसम्म मान्छ । हिन्दु धर्मले एकपति भन्ने कुरा छ । तर द्रौपदीका पाँच पति थिए । कृष्णका पाँच पत्नी थिए ।

हिन्दुधर्मले महिलालाई एक वस्तुका रुपमा व्याख्या गरेको छ । हिन्दु धर्ममा पनि महिलाको अंग देखिनु हुँदैन भन्ने छ । मुस्लिममा त पूरै कालो पोशाक लगाउनु पर्छ भन्छ । महिला र पुरुष दुवै नांगै जन्मिन्छन् । तर पुरुषले भने छोप्नै पर्दैन । लुगाको आविष्कार त २ हजार वर्षमात्रै अगाडि भएको हो । त्यो बेलादेखि अहिलेसम्मको विकासमा सत्य कुराहरु भ्रम थपिएको छ । त्यसबेला विकसित भएको संस्कृति हो धर्म भनेको । हजार वर्षसम्म झुठलाई सत्या बनाउन खोज्दा त्यो धर्म बन्यो । चारै धर्ममा यौनका मामिलामा विवाद छ । संसारका मानिसहरु आडम्बरी छन् । कुरा एउटा गर्ने, काम अर्को गर्नेहरु धेरै छन् ।

हिन्दुधर्म पुरानो धर्म हो । तर हिन्दुधर्ममा जति विकृति कतै पनि छैन । पौराणिक कालमा वाल्मिकी, व्यासले भन्ने खोजेको कुरा के हो र अहिले के बुझाइयो त्यो महत्वपूर्ण छ । ऋषिमुनीहरुले भन्ने खोजेको कुरामा त हामी गएकै छैनौं । विज्ञानसँग जोडेर हेर्दा ८० प्रतिशत धर्मग्रन्थको कुरा मिल्दैन । वास्तविकता भन्दा पर गएर बुझ्न हुँदैन ।

धर्मले आँखाले देखेको कुरा मात्रै लेखेको छ । केही काल्पिनिकता पनि थपियो । यौनकै कारण समस्या पर्दै गयो । अनि बुद्धको पालामा आएर ‘एक नारी, एक पुरुष’को नीति आयो । एक नारी, एक पुरुष सम्भव चाहिँ होइन । सबैभन्दा ठूलो समस्या भनेको अज्ञानता हो । भोगवादी समाजमा समस्या नै यहि हो । जसले छल गरेर बलात्कार गर्नेहरु भगवानहरुलाई भए पनि सजाय दिनु पर्ने हो । भगवान नै किन नहोस् उनीहरुलाई सजाय दिनु पर्छ । अहिलेको कानुनले सामान्य मान्छेलाई पनि जेल पठाउने खालको छ । बलात्कारीले आजादी पाउने खालको छ ।लोभ र स्वार्थका कारण मानिस समस्यामा फस्छ । मानिसले किन जन्म लियो, म को हो भन्ने ज्ञान शिक्षाले दिनै सकेन ।

ज्ञान पाउने भनेको विज्ञानबाट हो । विज्ञान भनेको प्रकृतिको अध्ययन हो । अहिलेको गरिबी दुःखको कारण नै अज्ञानता हो । प्रेम भनेको यौन हो । यौनबिनाको प्रेम हुँदैन । एकजनासँग मात्रै प्रेम गर भनेको मतलव एकजनासँग मात्रै यौन गर भनेको हो ।

स्वास्नीले लोग्नेलाई छलेर अरुसँग सेक्स गरी भने लोग्ने रिसाउछ । मैले मात्रै गर्न पाउनु पर्छ भनेर रिसाएको त हो नी । त्यो भनेको लोभ हो । यहि हो अज्ञानता हो । प्रकृतिको सिर्जना नै हामी कसैको वस्तु होइन । लोग्नेस्वास्नी सहअस्तित्वमा बस्ने मानिसहरु हुन् । कोही पनि कसैको पेवा होइन । अरुको स्वतन्त्रताको ख्याल राख्नु पर्छ ।’

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्