गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
गुल्मी माघ २०
गुल्मीको मुसिकोट नगरपालीका ८ अन्तर्गत वामी मैदानवाट वामीटक्सार तर्फ आउँदै गरेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । अन्य दुई जना गम्भीर घाइते भएका छन् । मुसिकोट नगरपालीका ८ स्थितत वामी मैदानमा ग१च ८३५७ नम्वरको पिकअप जीप व्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि जीप धनि मुसिकोट नगरपालीका ८ का ३० वर्षीय ठाकुर सापकोटा र सोही ठाउँकी ५५ वर्षीया पुतली ठकुरीको घटनास्थलमै मृत्यु भएको हो । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । जीप ब्याक गर्ने क्रममा भीरवाट करिव १ सय ५० मिटर तल खसेको हो ।
प्रकाशित मिति: २० माघ २०७५, आइतबार












