टक्सार महोत्सव स्थगित


 


taksar mahotsabभोजपुर, मंसिर २१
यही पौष ८ गतेबाट शुरु हुन लागेको टक्सार महोत्सवको मिति सरेको छ । भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण निर्धारित महोत्सवको मिति सरेको हो ।

महोत्सवका लागि जिल्ला बाहिर तयार पारिएका आवश्यक सामाग्री नाकाबन्दीका कारण ढुवानी हुन नकस्दा महोत्सवको मिति सार्नु परेको टक्सार महोत्सव प्रचार विभाग प्रमुख रमेश शाक्यले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । महोत्सवको तयारी तिब्र भएको थियो, संयोजक शाक्यले भने देशमा निम्तिएको परिस्थितिका कारण महोत्सव तत्काललाई स्थगित भएको छ ।

महोत्सव आगामी फागुन १ गतेबाट ७ गतेसम्म हुने आयोजकले बताएका छन् । महोत्सवका लागि काठमाडौमा तयार पारिएको चार सय केजीको करुवा, डोली पैसा जस्ता टक्सारको इतिहास झल्कले सामाग्री महोत्सवका लागि आइ नपुगेपछि स्थगित भएको मूल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष चन्द्र कुमार उदासले बताए ।

टक्सार स्थापना भएको दुई सय बर्ष पुगेको अवसरमा महोत्सव हुन लागेको थियो । महोत्सव पुस १० गतेबाट महोत्सव हुन लागेको थियो । दैशतबार्षिकी टक्सार महोत्सव २०७२ नाम दिइएको उक्त महोत्सव एक हप्तासम्म सञ्चालन हुने आयोजकले बताएका छन् ।

टक्सार ऐतिहासिक, पर्यटकिय र धार्मिक महत्वको ठाउँ हुँदाहुँदै पनि ओझेलमा परेको भन्दै महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समारोश समितिका अध्यक्ष गणेश बज्रचार्यले बताए । दुई सय बर्ष अगाडी गुल्जार बनेको टक्सार बजार यतिबेला सुनसान छ ।

टक्सारबाट अन्यत्र बस्दै आएकाहरुले महोत्सवका लागि आर्थिक सहयोग जुटाउन थालेका छन् । महोत्सवमा करीब ५० लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति: २१ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्