मोरङ आएर के खाए मुकुन्देले ?
मोरङ, माघ २१
सामाजिक सञ्जालमार्फ समसामायिक बिषयमा कडा प्रहार, कटु आलोचना र टिकाटिप्पणी गर्दै आएका आलोचना र प्रशंसाबाट लोकप्रिय मुकुन्द घिमिरे उर्फ मुकुन्देले खाना खाईरहेको एक तस्बीर यतिबेला सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।
घिमिरेले मोरङमा वियर र मासु खाँदै गरेको तस्विर लेखक दिल निशानी मगरले सार्वजनिक गरिदिए पछि अहिले उक्त तस्वीरको चर्चा भईरहेको हो ।

लेखक मगरले उक्त फोटोसँगै एक क्याम्सन पनि सेयर गर्दै लेखेका छन्, “प्रिय मुकुन्द घिमिरे दाई आज मस्तीमा हुनुहुन्छ। सुंगुरको सेकुवा र बियर मिठो मानेर खाँदै हुनुहुन्छ।”
यतिमात्रै नभएर उनले कार चलाईरहेको एक तस्बीर पनि भाईरल बन्दैँछ । मासु भात खाएपछि दार्शनिक मुकुन्दे दिल निशानीको कारमा गुड्दै कुराकानी गरिरहेको भिडियो पनि लेखक मगरले सेयर गरेका छन् । मुकुन्दे केहीदिनका लागि मोरङको उर्लाबारी लगायतको क्षेत्रको घुमघाममा रहेका छन् ।
प्रकाशित मिति: २१ माघ २०७५, सोमबार












