‘मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु प्रम ओलीको ठूलो कमजोरी’
काठमाडौं माघ २६
मानव अधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजीनामा गर्नु पर्ने माग दोहोरएका छन् ।
आज रिपोर्टस क्वल ५ नम्वर प्रदेश कार्यलय बुटवलले गरेको पत्रकार सम्मेलनमा बोल्दै पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
मन्त्री अधिकारीले संसदलाई ढाटेको भन्दै अधिकारी पदमा बस्नुको लागि उपयुक्त नहुने उनको भनाई छ ।
उनले प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु ठूलो कमजोरी भएको पनि बताए ।
फरक प्रसङ्गमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेनेजुएलामा अमेरिकाको हस्तक्षेपलाई लिएर दिएको प्रतिक्रिया कुटनीतिक रुपमा कमजोरी देखिएको बताए ।
‘अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन, उसले भनेका कुरामा विमति हुन सक्छन्, तर हाम्रो जस्तो सानो मुलुकले अरु दुई मुलुकका बीचमा भएका विवादमा प्रतिक्रिया दिन आवश्यक छैन,’ उनले भने–दुईवटा हात्ती लडे भने मिचिने भनेको घाँस हो, हामी त्यतातर्फ नजाऔँ ।’
यता, प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गाडी खरिदमा गरेको अनियमिततामा दोषीलाई कारबाही गर्न नागरिक समाजले आन्दोलन थाल्नुपर्ने उनको भनाई छ ।
‘गाडी खरिदमा घोटाला गर्नेमा संलग्न भएकाहरुलाई तपाईंहरु भोलि प्रमुख अतिथि बनाएर बोलाउने कि नबोलाउने ?,’ उनले प्रश्न गरे, ‘जो जसले गाडी खरिदमा अनियमितता गरेका छन्, उनीहरुलाई कारबाही गर्नका लागि तपाईंहरु आवाज उठाउनुस् ।’
उनले नागरिक समाजले जहिलेपनि व्यक्तिभन्दा पनि विषय र प्रवृत्तिको विरोध गर्ने उल्लेख गर्दै देशभर भ्रष्टाचारको विरोधमा शान्ति समाजले अभियान थालेको बताए । रातो पाटीमा खबर छ
प्रकाशित मिति: २६ माघ २०७५, शनिबार












