चम्पे गाविस खुला दिसामुक्त


 


Champe-odfभाेजपुर, मंसिर २७

यहाँकाे चम्पे गाविस खुला दिसामु्क्त, पूर्ण साक्षर र पूर्ण खाेप युक्त गाविस घाेषणाा भएकाे छ । अाइतबार गाविसमा एक भव्य समाराेहकाबिच घाेषणा कार्यक्रम भएकाे हाे ।

 गाविसका सबै घर धुरीमा सुधारिएकाे शाैचालय निर्माण र प्रयाेग, गाउँका सबै नागरिक साक्षर र सबै बालबालिकालाइ खाेप लगाइएकाेले घाेषणा कार्यक्रम भएकाे हाे । कार्यक्रमकाे घाेषणा निमित् स्थानीय विकास अधिकारी खगेन्द्र गिरीले गरेका हुन् ।

चम्मे गाविससँगै भाेजपुरका ३४ गाविस खुला दिसामुक्त क्षेत्र घाेषणा भएका छन् । यतिबेला भाेजपुरका गाविस धमाधम खुलादिसामुक्त क्षेत्र घाेषणा भइरहेका छन् ।

कार्यक्रममा र्याली, जातजातिका झाकी प्रर्दशन, सांगीतिक कार्यक्रम समेत भएकाे थियाे । याे अभियानमा सक्रिय सहभागी भएका स्थानीयलाइ सम्मान समेत गरिएकाे गाविसका सचिव तारणी गुरागाँइले बताए ।

प्रकाशित मिति: २७ मंसिर २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्