छोरीको पेटमा आफ्नै बुबाको ८ महिनाको गर्भ, यसरी खुल्यो कर्तुत


 


धनकुटा, १ फागुन । धनकुटा चौबीसे गाउँपालिकाका एक ३६ वर्षीय व्यक्तिले घरमा श्रीमती हुँदाहुँदै छोरीमाथि कुकर्म गरेका छन् ।

१० कक्षामा पढ्दै गरेकी छोरीलाई पटक–पटक बलात्कार गरेपछि अहिले युवतीको पेटमा आठ महिनाको गर्भ रहेको खुलेको छ । गाउँकै विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका गर्भवती भएको शंका लागेर विद्यालयकी शिक्षिकाले कक्षा कोठामा पढाउने क्रममा सोधपुछ गर्दा बाबुको कर्तुत खुलेको हो ।

शिक्षिकाले सोधपुछ गर्ने क्रममा बुबाले महिनौदेखि बलात्कार गर्ने गरेको जानकारी दिएको शिक्षिकाले बताइन् । अहिले छात्राको पेटमा ८ महिनाको गर्व रहेको जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँचपछि खुलेको छ । घरमा श्रीमति पनि साथमै रहेकी छन् ।

छात्रा गर्भवती भएको विषयलाई लिएर अभिभावकलाई घरमा गएर विद्यलाय प्रशासनको तर्फबाट शिक्षिकाले जानकारी गराएकी थिइन् । छोरी गर्भवती भएको घरका सबै परिवारले थाहा पाएपछि बिरामी परेको भन्दै अस्पताल लैजान लाग्दा बुबालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीमा समेत ती बालिकाले बाबुले नै यौनशोषण गरेको बयान दिएकी छन् ।

पीडक बावुले पनि अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रवहादुर गुरुङले बताएका छन् । विगत दुई वर्षदेखि डर त्रास देखाएर धम्की दिंदै पटक–पटक बलात्कार गर्ने बाबुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक गुरुङले बताएका छन् ।

गोपनीयताका लागि युवती र पीडक बुबा दुबैको नाम गोप्य राखिएको छ । आफ्नै बाबुबाट बलात्कृत भएर गर्भ रहेकी बालिका महिला पुनस्र्थापना केन्द्रमा राखिएको पुनस्र्थापना केन्द्रका अध्यक्ष हिमाकुमारी चेम्जोङले जानकारी दिएकी छन् । मानवअधिकारवादी केही संस्थाहरु भने बाबुको पक्षमा वकालत गरेका भन्दै जिल्लामा खैलाबैला मच्चिएको छ ।

यता केही मावअधिकारकर्मिहरुले पीडकलाई जिल्ला कारागार धनकुटाबाट आजीवन कैदको माग गरेका छन् । पीडकलाई हाडनाता जवरजस्ती करणीको कसुर अन्तर्गत म्याद थप गरी जिल्ला अदालत धनकुटामा मुद्धा दायर गरी सकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्