सांसद योगेश भट्टराईले गरे पाठकलाई कारबाही गर्न आग्रह


 


काठमाडौं फागुन ४  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले पाठकमाथि कारबाही सुरु गर्न अख्तियारसँग आग्रह गरेका छन् । उनीहरूले घुस लिएको प्रमाणित भइसकेकाले छानबिन सुरु गर्नुपर्ने बताएका हुन् । सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारसम्बन्धी विषयमा तत्काल छानबिन गरी कारबाही गर्न अख्तियारसँग माग गरेका हुन् ।

सांसद भट्टराईले भ्रष्टाचारसम्बन्धी विवादमा मुछिएका पाठकले आफ्नो पदबाट राजीनामा दिए पनि पूर्वआयुक्तको हैसियतमा उनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताए । पाठकको सो राजीनामा दिने निर्णय उपयुक्त भएको र उनीमाथि अब छानबिन गरी कारबाही गर्ने दायित्व अख्तियारकै रहेको सांसद भट्टराईको भनाइ छ । सांसद भट्टराईले संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सो कलेजबारे छानबिन गर्दा भ्रष्टाचारको विवादमा तानिएकाहरू सबैलाई कारबाही गर्न पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्