अर्थमन्त्री ईन्द्र आङ्बो भन्छन् टायर बालेर प्रदेशको नाम र राजधानी रहदैन


 


संखुवासभा फाल्गुन ४
प्रदेश एकका अर्थमन्त्री ईन्द्र आङ्बोले टायर बालेर, आन्दोलन गरेर र नारा जुलुस गर्देमा प्रदेशको नाम र राजधानी नरहने बताएका छन् ।

संखुवासभाको खाँदबारीमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ६ बर्षमा शीर्ष नेताहरुले नाम र राजधानी टुंगाउन नसकेकाले प्रदेश सरकारलाई प्रश्न उठाउने बेला नभएको बताए ।

“६ बर्षमा नेताहरुले यो काम गर्न सकेनन्, हामीले १३ महिनामा नाम र राजधानी टुंगाई हाल्नु पर्छ भन्ने छैन”, उनले भने, “बिस्तारै हुँदै जाने छ । हिँउदे अधिबेशनमा नाम र राजधनाी टुंगिनेमा ढुक्क हुनुस्, टायर बालेर, आन्दोलन गरेर र नारा जुलुस गरेर दुबै थोक पाईदैन ।”
उनले सहमतिमै नाम र राजधानी सर्वसम्मत हुने पनि बताए । नभए लोकतान्त्रीक बिधि अनुसार राखिने उनको भनाई थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्