अन्तत बन्ने भो इटहरीको टयाङग्रा पुल , यसै साताबाट काम सुरु हुने


 


तेजबहादुर बन फागुन ४
इटहरी । पूर्व पश्चिम राजमार्गलाइ जाेडने लथालिंग अवस्थामा रहेकाे इटहरीकाे टेंग्रा पुल अन्तत स्थानीय निकाय अाफै सकृिय भएर मर्मत गर्ने भएकाे छ । देशकाे न्युज लगायत बिभिन्न अनलाइनहरूमा साे पुलकाे बिषयमा समाचार प्रकासित भएपछि इटहरी उपमहानगरपालीका स्वयमले ध्यानाकर्षण जनाउदै यसै साताबाट काम सुरू हुने जनाएकाे छ ।

पुलकाे बिषयमा चासाे देखाउदै इटहरी उपमहानगरका मेयर द्वारीकलाल चाैधरीले संघीय सरकार अन्र्तगतको सडक डिभिजन कार्यालय बिराटनगरलाइ तत्काल मर्मतकालागि ध्यानाकर्षण गराएपछि साे कार्यालयले यसै साताबाट काम सुरू हुने गरि प्रकृया अघाडी बढाइसकेकाे जानकारी दिएकाे इटहरी उपमहानगरले जनाएकाे छ । मेयर चौधरीलाई इन्जिनियर दीपक झाले पुलकाे ढेक्का लागि सकेको र यसै साता देखि काम सुरु हुने जानकारी गराएकाे बताइएकाे छ ।

दैनिक शयाै सवारीसाधनहरू गुडने साे पुल बिगत ७ महिना देखि दुवै पट्टिकाे रेलिङ भत्किएर जिर्ण अवस्थामा पुगेकाे थियाे साेहि पुलकाे बिषयमा चाडाे मर्मत गरिपाउ भन्दै २ पटक सम्म सडक डिभिजन कार्यालय बिराटनगरलाइ पत्र पठाएपछि कार्यालयले पनि पुलकाे बिषयमा गम्भिर चासाे देखाउदै यसैसाता देखि मर्मत कार्य अघाडी बढाउनेगरी काम थालेकाे बताइएकाे छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्