पाँचथरमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु


 


पाँचथर, ५ फागुन
मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम-३ लालिखर्कमा आइतबार दिउँसो स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्युु भएको छ ।

मे ४ प २५७३ नम्बरको स्कुटरको ठक्करबाट लालिखर्कका घाइते गोपाल राईको मृत्युु भएको हो । घाइते राईको फिदिम स्थित समर्पित हस्पिटलमा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई ठक्कर दिने स्कुटरका चालक टंक श्रेष्ठ पनि घाइते भएका छन् ।

घाइते चालकको फिदिम स्थित समर्पित हस्पिटलमा उपचार भईरहेको छ । उक्त घटनाको सवारी ऐन अन्तरगत मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्