तेह्रथुमको आठराईमा आगलागी एक बच्चा सहित दुई घर जले, प्रहरी घटना स्थलमा जादै


 


अमृत बास्तोला, तेह्रथुम, ५ फागुन ।
तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकूमा आईतवार दिउँसो २:३० बजेदेखि आगलागी भएको छ ।

स्थानीय रूद्र खातिको घरमा आगलागी हुदाँ खातिको ६ वर्षका छोरा मौसम खाती पनि जलेका छन् । अहिलेसम्म आगलागीबाट खातीको दुईवटा घरमा क्षतिपुगेको जलसिंह आधारभूत विद्यालय ह्वाकूका शिक्षक भूवन ढकालले हाम्रोसवाललाई जानकारी दिनु भयो । आगलागी नियन्त्रणमा आएको छौन् ।

स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । घटना स्थलमा ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारबाट प्रहरी टोली गईरहेको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्